०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

नेपाल प्रहरी को को माथि हुँदै छ बिभागिय कार्वाही नामसहित

Logo
प्रकाशित मंगलबार, पुष २०, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । संगठनको चेन अफ कमाण्डमा प्रहरी महानिरीक्षक शैलैश थापा क्षेत्री त कमजोर भएकै छन्, गृहमन्त्री बालकृष्ण खाण आफैंसमेत हस्तक्षेपबाट वाक्क भइसकेका छन् । बालुवाटारबाट हुने चलखेल र हस्तक्षेपले गृहमन्त्री नै हैरान हुन थालेका छन् ।

गृहमन्त्रीले अघि बढाएका कतिपय प्रस्ताव पनि बालुवाटारबाट रोकिएका छन् । गृहमन्त्रीले एआइजी हरिबहादुर पाललाई कारबाही गर्न प्रस्ताव अघि बढाएका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको छ । तीन भारतीय नागरिकलाई एआइजी पालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी भारतलाई बुझाएको घटनामा निलम्बनकै तयारी भएकोमा हालसम्म प्रतिवेदनसमेत लुकाएर कारबाही गरिएको छैन । माथिल्लो निकायलाई कुनै जानकारी नदिई तीन भारतीयलाई सुनौली नाका लगेर भारतीय सुरक्षाकर्मीलाई बुझाइएको थियो । यस्तो गम्भीर घटनालाई डिसमिस गराउने प्रयास भइरहेको छ ।

एआइजीको कारबाही रोकिए पनि सरुवा भने हुने भएको छ । महानगरीय प्रहरी कार्यालयमा उनको १३ महिना पुगिसकेको छ । महानगरीय प्रहरी कार्यालयमा सरुवाका लागि प्रद्युम्न कार्की, निरज शाही तथा सहकुल थापाबीच प्रतिस्पर्धा छ । सरकारले एआइजीको दरबन्दी थप्ने तयारी गरेकाले तत्कालै थप्ने अवस्था आएमा नयाँ बढुवा हुने एआइजी पनि मेट्रोमा जाने सम्भावना छ ।

त्यस्तै, यसअघि काठमाडौं परिसरका एसएसपी अशोक सिंहको सरुवा पनि बालुवाटारले नै रोकाएको थियो । निर्णय भएको दुई महिनापछि त्यसको कार्यान्वायन भएको छ । तर, रमाइलो के भने अहिले ती एसएसपीमाथि समेत कारबाही गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

जुवाडेको चेक बरामद गरी मुद्दा नचलाई फिर्ता गरिएको घटनामा उनीमाथि छानबिन गरी कारबाही गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । सिन्धुलीका राजकुमार बरालले मदिराको नशामा दुई करोड २३ लाख रुपैयाँको चेक साथी सुभास भेटवाललाई दिएका थिए । भेटवालले बिचौलियामार्फत एसएसपी सिंहलाई प्रभावमा पारी पैसा उठाइदिन भनेका थिए ।घटनाको मुचुल्कासमेत भएको सो प्रकरणमा प्रहरीले मुद्दा नचलाई बराललाई धम्काएर पैसा दिन भनेको थियो । जसकारण एसएसपी सिंह र तत्कालिन डिएसपी नरेन्द्र चन्दमाथि छानबिन सुरु भएको छ । डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन सुरु भएको छ । सिनियरलाई उछिनेर डिआइजी हुने दाउमा लागेका सिंहलाई यो प्रकरणले धक्का लाग्ने निश्चित छ । यसअघि गृहमन्त्रीको सरुवा पावर लगाएर रोकाएकाले पनि अहिले गृह नेतृत्व उनीसँग रुष्ट भएर कारबाही गर्न लागेको हो ।

उता, तीन एसपीमाथिको छानबिन पनि अलपत्र परेको छ । धनुषाका तत्कालिन एसपी प्रकाश रानाभाट, सर्लाहीका सन्तोषसिंह राठौर तथा रौतहटका सिद्धिबिक्रम शाहमाथिको छानबिन अलपत्र परेको छ । रानाभाटले मुद्दामा चलखेल गरेको तथा राठौरले जुवा खेलेको र अनुसन्धानमा चलखेल गरेको खुलेको थियो । त्यस्तै शाहमाथि पत्रकारलाई लागू औषध मुद्दामा फसाउन खोजेको आरोपमा छानबिन थालिए पनि अझै टुंगिएको छैन ।
दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!