०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

पुर्व सभामुख महराले जेलबाट छुटाइदिनु पर्‍यो भनेको रेकर्ड मसँग सुरक्षित छ:शाही

Logo
प्रकाशित बुधबार, पुष २१, २०७८


(ABC-Sanchar)
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवक्ता तथा पूर्व सभामुख कृष्ण बहादुर महरालाई फेरि रोशनी शाहीको चुनौती थपिएको छ।

यसअघि बलात्कार प्रयास गरेको मुद्दा लगाउने रोशनीकै कारण उनको सभामुख पद गएको थियो। यतिबेला त्यो मुद्दा भुलाएर नयाँ ढंगबाट राजनीति थाल्न लागेका महरालाई रोशनीले विभिन्न आरोप लगाएर चुनौती थपिदिएकी हुन्।

बलात्कार मुद्दामा महराले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट सफाई पाइसकेका छन्। तर रोशनीले महरालाई इंगित गर्दै फेसबुकमा स्टाटसहरु पोस्ट गरेपछि उनीमाथि फेरि चुनौती थपिएको हो।

मंगलबार रोशनी शाहीले महराले जेलबाट छुटाउन गरेको बाचा रेकर्ड आफूसँग सुरक्षित रहेको बताएकी छिन्।

दुनियाँले आफूलाई महरासँग करोड खाएको भनिरहँदा त्यसबारे महराले पुष्टि गर्नुपर्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन्,‘महराले जेलबाट छुटाउन गरेको बाचा कसम, राहुलले मसँग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ। दुनियाँले मलाई महरासँग करोड खाको कुरा महराले दुनियाँसँग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो। बास्टर।’ दैनिक अनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!