०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

माघीमा लाग्ने दाङको रिहार मेलालाई मध्यनजर गर्दै सिडियो र एसपीको अनुगमन

Logo
प्रकाशित शनिबार, पुष २४, २०७८

ABC (क्राईमबिट)
दाङ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले लमही नगरपालिका वडा नम्बर ९ मा रहेको अस्थायी प्रहरी चौकी रिहारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

शान्ति–सुरक्षा र अमन चयन कायम राख्न र जनतालाई सुरक्षा दिने काम आफुहरुको पहिलो प्राथमिकता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई रहेको छ । माघे संक्रान्ति अर्थात माघ १ गते देखि रिहारमा भब्य मेला लाग्ने भएको हुँदा सो मेलालाई कसरी व्यवस्थित तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने उदेश्यले त्यस क्षेत्रको अनुगमन गरेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रेग्मीको नेतृत्वमा शुक्रबार रिहार पुगेको टोलीले मेला स्थलको बस्तुस्थिति बारे बुझेको हो। अस्थायी प्रहरी चौकीमा पुगेका प्रमुख जिल्ला अधिकारी रेग्मीले शान्ति सुरक्षाका बिषयमा कसै संग सम्झौता नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई त्यहाँको भौगोलिक बस्तुस्थितिका बारेमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसीले अवगत गराएका थिए ।

त्यस्तै राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश) पत्रकार लगायतको सहभागिता रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!