ABC (क्राईमबिट)
दाङ । तुलसीपुरमा मोटरसाइकल र बलेरो जीप एकआपसमा ठोकिदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका ८ भम्केखोलामा पश्चिमबाट तुलसीपुर आउँदै गरेको लु १ च ४९६७ नम्बरको बलेरो र तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा ७ प ३१०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
घाइते हुनेहरु गढवा गाउँपालिका ५ घर भैइ हाल एकता पोल्टी बिल्डिङ प्रा.लि.मा काम गर्ने ४१ वर्षिय राम जलन चौधरी, उनका छोरा ९ वर्षिय आर्जित चौधरी, नाति नाता पर्ने राप्ती गाउँपालिका ५ निवासी ३ वर्षिय आरुष चौधरी रहेका छन् । घाइते रामजलनको दाहिने खुट्टा भाचिएको छ । त्यस्तै उनका छोरालाई टाउकोमा चोट लागेको र दाहिने खुट्टा भचिएको छ भने नातिको दाहिने खुट्टा घुडादेखी चुडिएको अस्पतालले जनाएको छ ।
राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि तिनै जनालाई कोहलपुर रिफर गरिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । साथै गाडी चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको बताएको छ ।