२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङमा १ वडा सिफारीसकाे बदलामा वडा अध्यक्षलाई ५ कठ्ठा जग्गा (प्रमाण)

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८

(ABC-Sanchar)
दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ४ स्थित धार्मिक स्थल ‘जंगलकुटी धाम’ को जग्गा बिक्रीको हल्ला चल्यो । उक्त धामको झण्डै १७ बिघा जग्गामा आँखा लगाएका जग्गा दलालहरूले धामका मुख्य पुजारीसँग जग्गा विक्रीकाे ‘सेटिङ’ मिलाए । धामको जग्गा उनै पुजारीको नाममा थियो ।

पुजारी जग्गा बिक्री गर्न मञ्जुर भएपछि जग्गा दलाल जग्गा पासको सिफारीसका लागि वडा कार्यालय पुगे । तर वडा अध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले उक्त जग्गा बिक्रीका लागि सिफारीस दिन मानेनन् । उनले सुरुमा यो जग्गा धामको भएकाले बिक्री गर्न नहुने भन्दै भन्दै अालटाल गरे। उनलाई फकाउने जग्गा दलालीहरूकाे निरन्तर प्रयास पछि उनि सिफारीस दिन तयार भए ।
गाउँलेहरुलाई समेत ‘उक्त जग्गा चाहिने’ भन्दै उनले सिफारीसका लागि केही लचिलो बने । अनि सहमती भयो, गाउँलेहरुले चर्चिदै आएको जग्गा गाउँलेहरुलाई पनि खरिद गर्न दिने भन्ने सहमति भयाे । सोही अनुसार वडा अध्यक्ष गुलामले घोराहीका दुईजना जग्गा दलालहरूलाइ धामको जग्गा बिक्रीका लागि सिफारीस दिए ।
तर, वडा अध्यक्ष गुलामले गाउँलेहरुको हितका लागि मात्रै सिफारीस दिन अड्डि कसिरहेका थिएनन् । सिफारीस माथिको उनले थापेकाे अड्को आफ्नो ‘भाग’ का लागि थियाे । उनले त्यहि सिफारीसको साटो ५ कठ्ठा जग्गा पाएका छन् । उनको भागमा परेको जग्गा आफ्नो नाममा नभएर उनका छोरा निजाम खानको नाममा पास गरेका छन् ।
५ कठ्ठा को ‘सेटिङ लीला’
सुरुमा जग्गा बिक्रीका लागि सिफारीस दिनै नमानेका वडा अध्यक्ष गुलामले गाउँलेहरुलाई जग्गा दिने सर्तमा सिफारीस दिए । यो सर्त अनुसार धामसंग जग्गा खरिद गरेका जग्गा दलालहरुबाट गाउँलेहरुले खरिद गर्नुपर्ने थियो । जग्गा खरिद गरेका जग्गा दलालहरुले गाउँलेहरुलाई प्रति कठ्ठा एकलाख १० हजार रुपैयाँमा जग्गा विक्री गर्ने सम्झौता थियो । अनि सबै गाउँलेहरुबाट गाउँलेहरुले खरिद गर्ने जग्गाको परिणाम अनुसार उनै वडा अध्यक्ष गुलामले सबैबाट रकम संकलन गरे ।
‘हामीहरुले जग्गा खरिद गर्ने सम्झौता अनुसार सबै गाउँलेहरुले रकम वडा अध्यक्षलाई बुझायौँ,’ उक्त जग्गा खरिद गरेका अयोध्या प्रसाद चौधरीले भने ‘उहाँले सबै गाउँलेहरुबाट रकम उठाएर घोराहीको टिम (धामबाट जग्गा खरिद गरेका जग्गा दलाल) हरुलाई दिनु भएको हो ।’
राम अयोध्या प्रसाद चौधरीले ९ कठ्ठा जग्गा खरिद गरे । तर खरिद सम्झौता अनुसार उनले वडा अध्यक्षलाई ४ कठ्ठा जमिन पास गरिदिनु पर्ने थियो । चौधरीका अनुसार मुसलमान समुदायले शव गाड्ने थलोका रुपमा धामको जग्गा प्रयोग गर्दै आएका थिए । त्यो जग्गा पनि धामबाट बिक्री भएपछि वडा अध्यक्ष गुलामले उक्त जग्गा आफूले पाउनु पर्ने माग राखेका थिए । यो जग्गा सुरुमा अयोध्या प्रसाद चौधरीको नाममा पास भयो । अनि उनले वडा अध्यक्ष गुलामका छोराको नाममा पास दिए । ‘मुसलमानहरुको शव गाड्ने ठाँउ हो, यो जग्गा अन्यत्र दिन पाईन्न भनेर वडा अध्यक्षले भन्नु भएको हो,’ चौधरीले भने ‘मेरो नाममा यो जग्गा आएपछि मैले पूर्व सहमती अनुसार वडा अध्यक्षको छोराको नाममा पास गरिदिएको हुँ ।’

वडा अध्यक्षका छोरा खानको नाममा पास भएको जग्गा अयोध्याले बिक्री गरेको लालपुर्जाले देखाउँछ । तर जग्गा बिक्री गरेका अयोध्याले भने वडा अध्यक्षबाट उक्त जग्गाको रकम भने नपाएको बताउँछन् । ‘मैले त्यो जग्गा बिक्री गरेवापत पैसा पाएको हैन,’ उनले भने ‘सुरुमै त्यो जग्गाको रकम घोराहीको टिमलाई बुझाउने भनेर भनिएको थियो, शायद वडा अध्यक्षले त्यो जग्गाको रकम पहिल्यै त्यही टिमलाई बुझाउनु भएको थियो होला ।’
अयोध्यासँग अब खरिद गरिएको धामको जग्गा ५ कठ्ठा छ । अयोध्याबाट ४ कठ्ठा जग्गा छोराको नाममा पास गराएका वडा अध्यक्ष गुलामले घोराहीका लीलाराम डाँगीबाट थप एक कठ्ठा जग्गा लिएका छन् । उनले भने आफूसँग वडा अध्यक्ष गुलामले एक लाख १० हजार रुपैयाँ प्रतिकठ्ठाका दरले जग्गा खरिद गरेको डाँगी बताउँछन् । ‘उहाँले त्यत्तिकै जग्गा पाउने कुरै भएन नि,’ उनले भने ‘कठ्ठाको एक लाख १० हजार रुपैयाँका दरले जग्गा खरिद गर्नुभएको हो ।’
अयोध्या र लीलारामबाट वडा अध्यक्षका छोराको नाममा २०७७ पुस ३ गते जग्गा पास भएको देखिन्छ । लीलारामले कित्ता नम्बर ७-घ २०४ र कित्ता नम्बर ७-घ ६१२ जग्गा वडा अध्यक्षका छोरालाई पास गरिदिएको लालपुर्जा छ । जग्गा बिक्रीको सिफारीस दिएवापत ५ कठ्ठा जग्गा पाएका वडा अध्यक्ष गुलामले भने आफूले जग्गा मुस्लिम समुदायको हितका लागि जग्गा बचाउ गरेको बताउँछन् । उनले मुस्लिम समुदायको शवदाह स्थल बचाउनका लागि यस्तो निर्णय लिएको बताए । तर समुदायको हितका लागि गज्जब निर्णय गरेको दाबी गर्ने वडा अध्यक्ष गुलामले त्यही जग्गा आफ्नो छोराको नाममा पास गराउनुले उनको नियतमाथि आशंका गर्ने ठाउँ प्रशस्तै छ । ‘मैले त्यो जग्गा मेरो व्यक्तिगत लाभका लागि लिएको हैन नि,’ गुलामले भने ‘मुस्लिम समुदायको शवदाह स्थल रहेको उक्त जग्गा मैले त बचाईदिएको हो ।’ पहिला सिफारीस दिन नमान्ने तर पछि किन दिएको ? वडा अध्यक्ष गुलामले जवाफ दिए ‘मैले जति रोक्न खोजे पनि रोकिने अवस्था थिएन ।’ त्यसो त, गाउँलेहरुले पनि जग्गा पाउने भए पनि आफूलाई पनि ठिकै लागेको उनले सुनाए ।
कसरी बिक्री भयो धामको जग्गा ?
जंगलकुटी थारु समुदायको पवित्र धार्मिक स्थल हो । अहिले यो देउखुरीकै पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिँदै आएको छ । आफ्नो पवित्र धार्मिक थलोलाई त्यस क्षेत्रका थारु समुदायले पुस्तौँ देखि संरक्षण तथा प्रवर्धन गर्दै आएका थिए । यो धाममा सुरुमा बाघनाथ बाबा भनेर चिनिएका एक पुजारी थिए । जानकारहरुका अनुसार त्यो बेला उनै बाघनाथ बाबाले मन्दिरको थैलीबाट केही जमिन जोरजाम गरे भने स्थानीय एक महिलाले पवित्र धार्मिक स्थललाई २५ बिघा जग्गा दान गरेकी थिईन् । ‘मेरो हजुर आमाले उक्त मन्दिरका नाममा २५ बिघा जग्गा दान गर्नु भएको थियो,’ एक स्थानीयले भने ‘यो सहित मन्दिरका महन्थले मन्दिरको थैलीबाट खरिद गरेको गरि करिब ७५ बिघा जमिन जंगलकुटीका लागि जोडिएको थियो । तेस्रो आँखाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!