२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

इन्डियामा कोरोना बढे पछी नेपाल आउनेको घुइँचो समुदायमा संक्रमण फैलने खतरा

Logo
प्रकाशित मंगलबार, पुष २७, २०७८


(महेन्द्र सिंह)
बाँके । भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो ।

भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण दर बढेपछि रोजगारदाता कम्पनी तथा साहुहरूले नेपालीलाई रोजगारीबाट छुटाउने गरेका छन् ।
भारतको मुम्बईमा लामो समयदेखि एउटा घरमा सेक्युरेटी गार्डका रूपमा काम गरिरहेका कालीकोट नरहरिनाथका अवि सार्कीले त्यहाँका घरभेटीले नै कोरोना संक्रमण बढेकाले रोजगारी दिन नसक्ने र नेपाल फिर्ता हुन सुझाएकाले आफू घरमा फिर्ता भएको बताए ।

नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका प्रमुख चिरन्जीवी ज्ञवालीले दैनिक पाँच हजार बढी नेपाली तथा भारतीय नागरिकहरू नेपालमा आउने गरेको बताए । ‘भारतबाट नेपालमा आउने नेपाली तथा भारतीय नागरिकको संख्या बढेको छ,’ उनले भने, ‘नेपालमा संख्या वृद्धि भए पनि स्वास्थ्य परीक्षण भने कमैको हुने गरेको छ ।’
नेपाल भारत सीमा क्षेत्र बाँके जमुनाहा नाकामा सञ्चालन गरिएको हेल्थ डेस्कका जनशक्ति अभावका कारणले भारतबाट आउने अधिकांशको परीक्षण हुन सकेको छैन । कोरोना परीक्षणका लागि सञ्चालन गरिएको हेल्थ डेस्कमा १३ जना मात्र स्वास्थ्यकर्मी रहेको हुँदा परीक्षण गर्न समस्या भएको छ । अहिले रहेको जनशक्तिभन्दा दोब्बर जनशक्ति आवश्यक रहेको जनाउँदै हेल्थ डेस्कका प्रमुख ज्ञवालीले दैनिक पाँच हजारभन्दा बढीको संख्यामा मानिसको आवागमन भइरहेकोमा बढीमा आठ सयको मात्रै परीक्षण गर्न सकिएको बताए ।  ‘पछिल्ला तीन दिनयता दैनिक ४० जनाको हाराहारीमा संक्रमितहरू नाकामा भेटिन थालेका छन्,’ उनले भने, ‘सुरक्षाकर्मी तथा स्वास्थ्य जनशक्तिले ती सबैको व्यवस्थापन र परीक्षण गर्नसक्ने अवस्था छैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]