२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

बाँकेमा मान्छे मार्ने बाघ नियन्त्रणमा नआउँदा समस्या निकुञ्जको नाटकै हो गाउँलेहरु

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

(महेन्द्र सिंह)
बाँके । राप्तीसोनारी गाउँपालिकाको राप्तीपारि क्षेत्रमा आतंक मच्चाइरहेको नरभक्षी बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणका लागि चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले हिजोदेखि जंगलमै बास बसिरहेको छ ।

मानव बस्तीदेखि करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेपछि टोलीले मंगलबार सम्भावित स्थानमा आहारास्वरुप भैंसीको एउटा पाडो लगेर जङ्गलमै छाडिएको भए पनि गएको रातमा सो पाडो बाघले नखाएपछि बुधबार फेरि दुई वटा ठाउँमा दुईवटा पाडो राखेको थियो ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवम् सूचना अधिकारी गणेश खड्काका अनुसार प्राविधिक टोली राती जङ्गलमै बसे पनि हालसम्म बाघले पाडो नखाएपछि नियन्त्रणमा लिने प्रयास सफल नभएको हो । प्राविधिक टोलीले बाघ रहेको सम्भावित स्थान पत्ता लगाइ नरभक्षी बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको पनि उनले बताए ।

बाघ खोज्न राप्तीसोनारीको जङ्गलमा खटिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्राविधिक अमिर सडौला र तीर्थ लामाकोे टोलीले मानव बस्तीदेखि करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेपछि टोली सोही क्षेत्रमा केन्द्रित भएर बाघ नियन्त्रणका लागि कार्य गरिरहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

खड्काका अनुसार नियन्त्रण टोलीमा डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायत परिचालित छन् । गएराति पनि बाघले पाडो नखाएपछि प्राविधिक टोली थप अध्ययनमा जुटिरहेको पनि सूचना अधिकारी खड्काले जानकारी दिए ।
पाडो खान आउने बाघलाई लठ्याएर नियन्त्रणमा लिने योजना अनुसार प्राविधिक टोलीले बाघ भएको सम्भावित स्थान पत्ता लगाउन थप अध्ययन गरिरहेको सूचना अधिकारी खड्काले बताए । बाघलाई नियन्त्रणमा लिनेबित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’मा राखेर ब्यवस्थापन गर्ने तयारी रहेको उनले जानकारी दिए ।

त्यसका लागि उक्त एम्बुलेन्सलाई फत्तेपुरमा तयारी अवस्थामा राखिएको उनको भनाइ छ । बाघले दिनदिनै स्थानीय गाउँबासीलाई मार्न थालेपछि राप्तीपारीका स्थानीय बासिन्दा त्रसित छन् । बाघको आक्रमणबाट गत शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो । यता बाघ पीडित गाउँले हरुले बाँके राष्ट्रिय निकुञ्जको काम देखाउन लाई नाट्कै गरेको आक्रोशित आरोपित लगाएका छ्न। एक पछी एक बाघले मान्छे मारेको बेला निकुञ्जले मान्छे भन्दा बाघको माया रहेको भन्दै कि बाघलाई पक्राउ गर कि मार भन्दै आक्रोश पोखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!