२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

पास देखाएर अबदेखि सिंहदरबार प्रवेशमा रोक सरसफाइ गर्ने मात्र जान पाउने

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

(ABC-Sanchar)
काठमाडौं । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको छ । पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको हो ।

बुधबार मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका सबै स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने, अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने ।’

मन्त्रालयले सरसफाईसँग सम्बन्धित व्यक्तिहरुको हकमा पूर्व जारी भएका पास र अस्थायी परिचयपत्रहरुबाटै नै प्रवेश दिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!