२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

नेपाल भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम

Logo
प्रकाशित बिहिबार, पुष २९, २०७८

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ ।

पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबारमात्रै जमुनाह नाकामा २७ नयाँ कोरोना सङ्क्रमित फेला परेका छन् । नेपालगञ्जस्थित बाल मन्दिर आइसोलेसन केन्द्रमा बुधबारसम्म ११ पुरुष र ६ महिला गरी १७ जना रहेका छन् । यी सबै बाहिरी जिल्लाका हुन् । कोरोना सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आदेश जारी गरिसकेको छ ।

प्रशासनले सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यकम तथा मेला, भेला, महोत्सव आयोजना गर्नलगायत कार्यमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

जलेश्वर (महोत्तरी)। भारतको विहार राज्यमा आगामी मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग […]

error: Content is protected !!