२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

नेपालगंन्जमा शुक्रबारदेखि एभिएसन म्युजिम संचालनमा आयो

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

(ABC-Sanchar)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका र बेद उप्रेती ट्रष्टको सहकार्यमा स्थापना भएको यो म्युजियम २०७६ माघ १ गते देखि सञ्चालनमा आउन लागेको हो । Cosmic Air को Fokker 100 जेट विमान भित्र यो म्यूजियन सञ्चलन भएको छ । यो म्युजिम मनोरंजन युवा पुस्तालाई उत्प्रेरित गर्ने,हवाई इतिहास बारे जानकारी गराउने,उड्ययन क्षेत्रको वर्तमान अवस्था र भविष्यका सम्भावना र चुनौतीहरुका बारेमा जानकारी दिने,नेपालगञ्जमा एउटा नँया पर्यटकीय केन्द्रको स्थापना गर्ने,एडुकेशलन म्युजिमका माध्यमले सबैलाई ज्ञान र मनोरञ्जन एकैसाथ प्रदान गर्ने छ साथै विद्यार्थीहरुकोलागि प्रेरण र प्रोत्साहनको केन्द्रबनाउने यो म्युजिमको उद्देश्य रहेको छ । यो म्युजिम भित्र लुम्बिनी प्रदेश,कर्णली प्रदेश,सुदुरपश्चिम प्रदेश र सागरमाथा क्षेत्रका आर्कषक तस्विरहरु पनि राखिएका छन् । साथै म्युजिम भित्र म्युजिम बारे ७ मिनेटको डकुमेन्ट्री पनि हेर्न सकिन्छ । यो जहाज कैलालीको धनगढीबाट ल्याएको छ । यो जहाज काठमाण्डौं देखि दिल्ली र दिल्ली देखि काठमाण्डौं सम्म उडान गरेको र जहाज ९ वर्ष सम्म संचालनमा आएको थियो । संचालन पछि म्युजिममा ल्याएको छ । यो म्युजिम एक करोड ८० लाखको लागतमा संचालनमा आएको छ । एभिएसन म्युजिम प्रत्येक दिन बिहान १० बजे देखि साझँ ५ बजे सम्म खुल्ने छ । यस म्युजिमका संचालक क्याप्टन वेद उप्रेतीले जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!