०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

नेपालगंन्जमा शुक्रबारदेखि एभिएसन म्युजिम संचालनमा आयो

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

(ABC-Sanchar)
बाँके । नेपालगञ्ज उपमहानगरपालिका र बेद उप्रेती ट्रष्टको सहकार्यमा स्थापना भएको यो म्युजियम २०७६ माघ १ गते देखि सञ्चालनमा आउन लागेको हो । Cosmic Air को Fokker 100 जेट विमान भित्र यो म्यूजियन सञ्चलन भएको छ । यो म्युजिम मनोरंजन युवा पुस्तालाई उत्प्रेरित गर्ने,हवाई इतिहास बारे जानकारी गराउने,उड्ययन क्षेत्रको वर्तमान अवस्था र भविष्यका सम्भावना र चुनौतीहरुका बारेमा जानकारी दिने,नेपालगञ्जमा एउटा नँया पर्यटकीय केन्द्रको स्थापना गर्ने,एडुकेशलन म्युजिमका माध्यमले सबैलाई ज्ञान र मनोरञ्जन एकैसाथ प्रदान गर्ने छ साथै विद्यार्थीहरुकोलागि प्रेरण र प्रोत्साहनको केन्द्रबनाउने यो म्युजिमको उद्देश्य रहेको छ । यो म्युजिम भित्र लुम्बिनी प्रदेश,कर्णली प्रदेश,सुदुरपश्चिम प्रदेश र सागरमाथा क्षेत्रका आर्कषक तस्विरहरु पनि राखिएका छन् । साथै म्युजिम भित्र म्युजिम बारे ७ मिनेटको डकुमेन्ट्री पनि हेर्न सकिन्छ । यो जहाज कैलालीको धनगढीबाट ल्याएको छ । यो जहाज काठमाण्डौं देखि दिल्ली र दिल्ली देखि काठमाण्डौं सम्म उडान गरेको र जहाज ९ वर्ष सम्म संचालनमा आएको थियो । संचालन पछि म्युजिममा ल्याएको छ । यो म्युजिम एक करोड ८० लाखको लागतमा संचालनमा आएको छ । एभिएसन म्युजिम प्रत्येक दिन बिहान १० बजे देखि साझँ ५ बजे सम्म खुल्ने छ । यस म्युजिमका संचालक क्याप्टन वेद उप्रेतीले जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]