२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

जर्बजस्ती करणीको घटना मिलापत्र गराउने जनप्रतिनिधिसहित ५ जना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ ०१, २०७८

ABC (क्राईमबिट)
कैलाली । घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

घोडाघोडी नगरपालिका–४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, सोही वडाका वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, स्थानीय व्यापारी राजु भट्टराई र जर्बजस्ती करणी गर्ने प्रकाश सुबेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको डिएसपी जोशीले बताए । उनले मिलापत्र गर्ने केही फरार रहेको र उनीहरूको खोजी कार्य भइररहेको बताए ।

गत मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षीया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेका थिए । घटना बाहिरीले डरले अर्को दिन पीडित पक्षलाई तीन लाख दिने भनेर मिलापत्र गरेका थिए ।

उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा पीडितका छोराले जाहेरी दिएपछि प्रतिवादी सहित मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!