१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

दाङको तुलसीपुरमा एकै रातमा ११ वटा पसलमा नगद रक्सी र रिचार्ज चोरी

Logo
प्रकाशित आइतबार, माघ ०२, २०७८

ABC (क्राईमबिट)
दाङ । तुलसीपुर बजारकाे सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायत चोरी भएकाे छ ।

चोरले पौडेल किरान पसल, जुँगार एण्ड बुढागाउँ इलेक्ट्राेनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न, न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका छन् ।

प्रहरीले ताला फोड्न प्रयोग गरिएको दुई थान सरिया समेत फेला पारेकाे छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षतिबारे विवरण सङ्कलन गर्दै अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!