२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एआइजीको दरबन्दी थप्न प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री र आइजिपी बालुवाटारमा

Logo
प्रकाशित सोमबार, माघ ०३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण बालुवाटार पुगेका छन् । नियमितरुपमा सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकमा सहभागी हुनका लागि गृहमन्त्री खाँण बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

गृहमन्त्री खाँणसँगै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि बालुवाटार पुगेका छन् । उनीहरु दुवैजना बालुवाटार गएबाट मन्त्रीपरिषद् बैठक अघि संयुक्त रुपमा प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनायो ।

गृहमन्त्री र आईजीले एकैपटक प्रधानमन्त्रीलाई भेट्नुले आज बस्ने मन्त्रीपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को दरबन्दी थप बारे केही निर्णय आउने अपेक्षा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले तीन जना एआईजी थप गर्ने विषयमा गृहमन्त्रालयमा पत्र पठाइसकेको छ भने गृह र अर्थ मन्त्रालय त्यसका बारेमा सकारात्मक रहेको स्रोतको दाबी छ । अन्य कुरा सामान्य रहेमा आज बस्ने मन्त्रीपरिषद् बैठकबाट ३ जना एआईजीको दरबन्दी थपिने स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]