२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

दाङको नारायणपुरमा सोमबारदेखि सार्वजनिक शौचालय संचालनमा

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८


(ABC-Sanchar)
दाङ । नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले शौचालयको निर्माण गरेको हो । नारायणपुरको सर्वेश्वरी मन्दिर नजिकै निर्माण गरिएको शौचालयको आज सोमवार घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) ले शौचालयको उद्घाटन गरेका हुन ।
नेपाल सरकार र विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्थाको आर्थिक सहयोगमा खानेपानी तथा सरसफाई कोष विकास समिति(फन्बोर्ड) को व्यवस्थापनमा २२ लाखको लगानीमा शौचालयको निर्माण गरिएको हो ।

शौचालयको गणपति बाबा निर्माण सेवा प्रालिले निर्माण गरेको हो । महिला, पुरुष र अपांगमैत्री छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ ।

नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कुलप्रसाद रजौरे श्रवणको अध्यक्षता एवं घोराही १० का वडा अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सल्लाहकार कमल वली,राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रावत, लायन्स क्लब नारायणपुरका कोषाध्यक्ष बिनोद केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष रेशम बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको उद्धघाटन कार्यक्रममा गोरक्ष बैदिक गुरुकुलका बटुकहरु लक्कीप्रसाद उप्रेति र दपैण घिमीरेले स्वस्ती वाचन गरेकी थिए । कार्यक्रमको सहजिकरण महासचिव अशोक शर्माले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!