१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

बालबिवाहा मुद्दामा ५ जनालाई सजाय र जरिवाना फैसला

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८


ABC (क्राईमबिट)
तनहुँ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।

साथै उनीहरूलाई जनही रु पाँचरपाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!