२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

नेपाली काङ्ग्रेसद्वारा बिरगंज राजधानी नबनाएको भन्दै बिरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, माघ ०४, २०७८

(राहुल गुप्ता)
बिरगंज । नेपाली काङ्ग्रेस महानगर समिती बिरगंजले प्रदेश २ को राजधानी बिरगंज नबनाएकोमा बिरगंजमा व्यापक बिरोध प्रदर्सन गरेको छ । नेपाली काङ्ग्रेस महानगर समिती बिरगंजका अध्यक्ष भोला कलवारको अध्यक्षतामा आज घण्टाघरबाट मोटरसाइकल रैलि निकालेर बिरोध प्रदर्शन गरेको छ ।
सो बिरोध रैली बिरगंज नगरको घण्टाघरबाट शुरु भै मेनरोड हुँदै मुर्ली , घण्टाघर , माइस्थान , अलखियारोड , बिर्ता मन्दिर, छपकैया, रजत जयन्ती चोक परिक्रमा पश्चात् मेनरोड हुँदै आदर्शनगरमा आइ समापन भएको थियो । सो बिरोध रैलिका सहभागीहरुले बिरगंजलाई ठग्न पाउदैन , बिरगंजलाई राजधानी बनाउनै पर्छ, बिरगंजको सहादत बलिदानलाई याद गर ,गद्दार मुख्यमन्त्री मुर्दाबाद , दलाल बिधायकहरु होशियार होशियार लगायतका नाराहरु पनि लगाएका थिए ।

सो अवसरमा नेका महानगरका अध्यक्ष भोला कलवारले सर्वगुण सम्पन्न बिरगंजलाई प्रदेश २ को राजधानी नबनाइ नराम्रो सङ्ग ठगिएको बताउदै बिरगंजले बिगतका आन्दोलनहरुमा गरेको अतुल्य अमुल्य योगदान सहादत एवम बलिदानीको कदर नगर्नु बिरगंज मात्रको नभइ प्रदेश र प्रदेश वासिको अपमान भएको र यो प्रदेश सरकारलाइ निकै भारि पर्ने बताउनु भयो साथै हाम्रो आन्दोलन जारी छ र अब सम्पुर्ण दलहरु सङ्ग छलफल गरि व्यापक आन्दोलनको स्वरुप ल्याउने चेतावनी पनि दिनु भएको थियो । सो कार्यक्रमको सहजीकरण दिलिप कार्कीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!