२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

भारतबाट नेपाल आएर चोरी गर्ने ७ जना महिलाहरु चितवनबाट पक्राउ

Logo
प्रकाशित बुधबार, माघ ०५, २०७८

ABC (क्राईमबिट)
चितवन । विभिन्न मेला महोत्सव तथा भीडभाडमा चोरी गर्ने सात जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत गोरखपुरका २५ वर्षीया प्रियाङका देवी, २० वर्षीया अतिम्मा देवी, २५ वर्षीया पायल देवी, १८ वर्षीया नितु देवी, ३५ वर्षीया शिल देवी, ४० वर्षीया मञ्जु देवी र १८ वर्षीया आरोही भारती रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यही माघ १ गते दिउँसो १२ः३० बजे शहीदचोकको फुटपाथमा सामान किनमेल गरिरहेको समयमा भरतपुर महानगरपालिका–१० का वसन्त गिरी र सीता गिरीको झोलमा रहेको रु छ हजार नगद र दुईवटा औँठी उनीहरुले चोरी गरेका थिए ।

ती औँठी रु ९४ हजार बराबरको रहेको प्रहरीले जनएको छ । उनीहरुले गिरी दम्पतीलाई घेरा हाली झोला समात्ने, अन्य कुरा गरी ध्यान भड्काउनेजस्ता क्रियाकलाप गर्ने गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । उनीहरुको साथबाट दुई थान सुनको औँठी, छ हजार नगद र दुई थान एटिएम बरामद गरिएको उनले बताए ।

सोही समूहले त्यसै दिन भरतपुर महानगरपालिका–५ कल्याणपुरकी ७४ वर्षीया चन्द्रमायाँ श्रेष्ठको रु दुई लाख बराबरको सुनको सिक्री चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई चोरी मुद्दामा चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । अधिकारीले भीडभाडमा यस्ता प्रकृतिका मानिस देखिएमा सजग भई प्रहरीलाई खबर गर्नसमेत सबैमा अनुरोध गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!