२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

बाँके प्रहरीको सरप्राइज चेकिङ नेपालगन्जमा कुकुर सहितको

Logo
प्रकाशित बुधबार, माघ ०५, २०७८


ABC (क्राईमबिट)
बाँके । प्रहरीले आज नेपालगन्जका तीन ठाउँमा सरप्राइज चेकिङ गरेको छ । राँझा विमानस्थल, बसपार्क र जमुनाह नाकामा कुकुरसहितको सरप्राइज चेकिङ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँके र तालुक कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर)को संयुक्त टोलीले चेकिङ गरेको हो ।

बिस्फोट पदार्थबाट हुन सक्ने आपराधिक घटना नहोस् भन्ने उद्देश्य र अर्कोतर्फ लागु औषध नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ। लभ र व्यूटी नामक कुकुरले चेकजाँचमा प्रहरीलाई सघाएका थिए ।

भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ आवत जावत गर्ने सवारी साधन, विमानस्थल र बसपार्कका यात्रुलाई संयुक्त रुपमा चेकजाँच गरिएको उहाँको भनाइ छ ।
कर्णाली प्रदेश प्रहरी केनाईन शाखाका प्रहरी निरीक्षक बासुदेब सुवेदीले खासगरी कुकुरबाट हुने चेकजाँचमा हत्या, लुटपाट र लागु औषध तस्करहरु पक्राउ गर्न सहज हुने बताउनुभयो । यसअघि चाडपर्वका बेला कुकुरसहितको चेकिङ हुने गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!