१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेपाली सेनाका मेजर अशोक शाही मापसे गरेर नागरिकलाई बन्दुक ताक्ने बर्खास्त

Logo
प्रकाशित बिहिबार, माघ ०६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ ।

२५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेवाबाट बर्खास्त र एक महिना कैदको फैसला गरेको हो । सैनिक स्रोतका अनुसार मेजर शाही कैद भुक्तान गरेर रिहा भइसकेका छन् ।

सेनाले २२ कात्तिकमा भएको यस घटनाको अनुसन्धानका लागि २५ बाहिनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो । कोर्ट अफ इन्क्वाइरी टिमले स्थानिय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो ।

सैनिक उच्च स्रोतका अनुसार घटनाका दिन मेजर शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर पुगेका थिए । उनले त्यहाँ पुग्नुअघि ब्यारेकमै अत्याधिक मदिरा सेवन गरेका थिए । उनी चिसापानीस्थित लुक होटलका जानुपर्नेमा हर्कबहादुर रावलले संचालन गरेको संगम होटल पुगेका थिए ।

मेजर शाहीको संगम होटलका संचालक तथा त्यहाँ रहेका ग्राहकसँग भनाभन भएपछि उनी इलाका प्रहरी कार्यालय चिसापानीमा पुगेका थिए । सैनिक प्रतिवेदन अनुसार इप्रकाका प्रहरी निरीक्षकलाई तत्काल होटल संचालकलाई कारबाही गर्न टोली खटाउन निर्देशन दिएपछि उनको अवस्था हेरेर हाल शिक्षालयमै फर्कन आग्रह गरिएको उल्लेख छ ।

घटनास्थलको बयान जाहेरीमा नेपाल प्रहरीका निरीक्षकले हजुर अहिले त्यहाँ जाने अवस्था छैन्, समाजमा गलत असर पर्छ, भोली के गर्ने हो त्यही गरौला भन्ने आग्रहलाई बेवास्तागर्दै मेजर शाही त्यहाँबाट बाहिरीएका थिए ।

इप्रकाबाट बाहिरीएका मेजर शाहीले त्यसपछि शिक्षालय फर्किएर डिउटीमा रहेका एकजनालाई हतियार सहित लिएर चिसापानी पुगेका थिए । कोर्ट अफ इन्क्वाइरीले प्रहरीसँग लिएको बयानमा उसले मेजर शाहीको गाडी कार्यालयको पर्खालमा ठोक्किएको, सुरुमा कार्यालय आएको, अत्याधिक मदिरा सेवन गरेको बताएको छ ।

प्रहरी र स्थानियले कोर्ट अफ इन्क्वाइरीमा मेजर शाहीले घटनाका दिन राती सर्वसाधारणमाथि हतियार तेर्साएपछि उनीमाथि कुटपिट भएको बताएका छन् । प्रहरीले उनलाई जोगाएर कार्यालयमा लैजानुका साथै सेनाको जिम्मा लगाएको थियो ।

तर, अर्को तर्फ गाडी तोडफोड र मेजर शाही घाइते भएको तथा उनीमाथि नियोजित आक्रमण भएको दाबी उनको पक्षले गरेको छ । मेजर शाहीको भनाई अनुसार उनी होटल लुकमा जानुपर्नेमा होटल संगम पुगेका थिए । उनले साहुजीका बिषयमा सोध्दा आक्रमण भएको दाबी गरिएको छ । तर सैनिक प्रतिवेदनमा उनी मदिराले मात्तिएकाले होटल समेतको पहिचान गर्नसक्ने अवस्थामा थिएनन् ।

यही घटनाको सेरोफेरोमा सोही संगम होटलका संचालक मेजर शाहीमाथि आक्रमणमा संलग्न रहेको दाबी गरिएको समूहले त्यसको दुईदिनपछि स्थानिय युवा भूपेन्द्र बडुवालको हत्या गरेको थियो ।

टीकापुरमा भएको दुई समूहबीचको झडपमा बडुवालको मृत्यु भएको थियो । बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको थियो । पक्राउ पर्नेमा चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशलगायत छन् । पर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!