२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाली सेनाका मेजर अशोक शाही मापसे गरेर नागरिकलाई बन्दुक ताक्ने बर्खास्त

Logo
प्रकाशित बिहिबार, माघ ०६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ ।

२५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेवाबाट बर्खास्त र एक महिना कैदको फैसला गरेको हो । सैनिक स्रोतका अनुसार मेजर शाही कैद भुक्तान गरेर रिहा भइसकेका छन् ।

सेनाले २२ कात्तिकमा भएको यस घटनाको अनुसन्धानका लागि २५ बाहिनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो । कोर्ट अफ इन्क्वाइरी टिमले स्थानिय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो ।

सैनिक उच्च स्रोतका अनुसार घटनाका दिन मेजर शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर पुगेका थिए । उनले त्यहाँ पुग्नुअघि ब्यारेकमै अत्याधिक मदिरा सेवन गरेका थिए । उनी चिसापानीस्थित लुक होटलका जानुपर्नेमा हर्कबहादुर रावलले संचालन गरेको संगम होटल पुगेका थिए ।

मेजर शाहीको संगम होटलका संचालक तथा त्यहाँ रहेका ग्राहकसँग भनाभन भएपछि उनी इलाका प्रहरी कार्यालय चिसापानीमा पुगेका थिए । सैनिक प्रतिवेदन अनुसार इप्रकाका प्रहरी निरीक्षकलाई तत्काल होटल संचालकलाई कारबाही गर्न टोली खटाउन निर्देशन दिएपछि उनको अवस्था हेरेर हाल शिक्षालयमै फर्कन आग्रह गरिएको उल्लेख छ ।

घटनास्थलको बयान जाहेरीमा नेपाल प्रहरीका निरीक्षकले हजुर अहिले त्यहाँ जाने अवस्था छैन्, समाजमा गलत असर पर्छ, भोली के गर्ने हो त्यही गरौला भन्ने आग्रहलाई बेवास्तागर्दै मेजर शाही त्यहाँबाट बाहिरीएका थिए ।

इप्रकाबाट बाहिरीएका मेजर शाहीले त्यसपछि शिक्षालय फर्किएर डिउटीमा रहेका एकजनालाई हतियार सहित लिएर चिसापानी पुगेका थिए । कोर्ट अफ इन्क्वाइरीले प्रहरीसँग लिएको बयानमा उसले मेजर शाहीको गाडी कार्यालयको पर्खालमा ठोक्किएको, सुरुमा कार्यालय आएको, अत्याधिक मदिरा सेवन गरेको बताएको छ ।

प्रहरी र स्थानियले कोर्ट अफ इन्क्वाइरीमा मेजर शाहीले घटनाका दिन राती सर्वसाधारणमाथि हतियार तेर्साएपछि उनीमाथि कुटपिट भएको बताएका छन् । प्रहरीले उनलाई जोगाएर कार्यालयमा लैजानुका साथै सेनाको जिम्मा लगाएको थियो ।

तर, अर्को तर्फ गाडी तोडफोड र मेजर शाही घाइते भएको तथा उनीमाथि नियोजित आक्रमण भएको दाबी उनको पक्षले गरेको छ । मेजर शाहीको भनाई अनुसार उनी होटल लुकमा जानुपर्नेमा होटल संगम पुगेका थिए । उनले साहुजीका बिषयमा सोध्दा आक्रमण भएको दाबी गरिएको छ । तर सैनिक प्रतिवेदनमा उनी मदिराले मात्तिएकाले होटल समेतको पहिचान गर्नसक्ने अवस्थामा थिएनन् ।

यही घटनाको सेरोफेरोमा सोही संगम होटलका संचालक मेजर शाहीमाथि आक्रमणमा संलग्न रहेको दाबी गरिएको समूहले त्यसको दुईदिनपछि स्थानिय युवा भूपेन्द्र बडुवालको हत्या गरेको थियो ।

टीकापुरमा भएको दुई समूहबीचको झडपमा बडुवालको मृत्यु भएको थियो । बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको थियो । पक्राउ पर्नेमा चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशलगायत छन् । पर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]