१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नवलपरासीमा कबाडको गाडी भित्रबाट ठुलो मात्रामा प्रतिबन्धित जडीबुटी पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ ०६, २०७८


ABC (क्राईमबिट)
नवलपरासी । डिभिजन वन कार्यालय नवलपरासीले विशेष सुराकीको आधारमा कबाड संकलन गर्ने पसलबाट प्रतिबन्धित सुनाखरी र झ्याउ जस्तो जडीबुटी बरामद गरेको छ । सोमबार सरावल गाउँपालिका वडा नम्बर–७ को भुजहवावाट उक्त प्रतिबन्धित जडीबुटी बरामद गरेको हो ।

सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरेको छ । कार्यालयले विशेष सुराकीको आधारमा जिल्लाको सरावल गाउँपालिका वडा नम्बर ७ स्थित भुजहवाँमा रहेको एक कबाड पसलबाट ठूलो मात्रामा प्रतिबन्धित सुनाखरी र झ्याउ जस्तो जडीबुटी सोमबार बरामद गरेको हो ।

डिभिजन वन कार्यालय, सशस्त्र प्रहरी बल बिओपी भुजहवा र जनपद प्रहरी चौकी भुजहवाको सहयोगमा उक्त वस्तु बरामद गरिएको सव डिभिजन वन कार्यालय निमित्त प्रमुख डिभिजन वन अधिकृत डिलाराम पौडेलले बताउनु भएको छ ।

साई ट्रेडर्स कबाड संकलन केन्द्रवाट सुनाखरी २१ क्वीन्टल ८० किलोग्राम, झ्याउ ५१ क्वीन्टल ३० किलो ग्राम बरामद गरीएको निमित्त प्रमुख पौडेलले बताउनु भएको छ ।उहांका अनुसार कुल ५ लाख ६४ हजार २ सय ५० रुपैया बरावरको बिगो रकम मुल्यांकन गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

सुनाखरी रुघाखोकी, च्यावनपरास, जस्ता आयुर्वेदिक औषधीमा प्रयोग हुने र झ्याउबाट पाउडर बनाई घाउ निको पार्ने आयुर्वेदिक औषधी बनाइने डिभिजन बन कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!