
(ABC-Sanchar)
काठमाडौं । बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण हुनु पर्नेमा खराब मौसमका कारण ३५ मिनेट आकाशमा होल्ड भएको हो । जहाज आकाशमै होल्ड भएपछि जहाज भित्र रहेकी काठमाडौं निवासी जानुका थापा बेहोस् भएकी हुन् । उक्त जहाज ९.१९ बजे ल्याण्ड भएको थियो ।
खराब मौसमका कारण जहाज केहीबेर आकाशमा होल्ड भएपछि महिला आत्तिएर बेहोस भएकी बुद्ध एयर, नेपालगञ्जका विमानस्थलका सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले जानकारी दिनुभयो।
ती महिलालाई जहाज ल्याण्ड हुने वित्तिकै एम्बुलेन्समा राखेर राँझा स्थित नेपाली सेनाको अस्पतालमा सामान्य उपचारपछि उनका आफन्तले आफु संग लिएर घर गौसकेको शाहले बताए ।
पछिल्लो समयमा जहाजहरूमा उड्दा उड्दै ढोका खुल्ने, इन्जन बन्द हुने केही घटनाहरू घटेको हुँदा यात्रुहरू सामान्य घटनामा पनि आत्तिने र तर्सिने गरेको पाइएको छ ।