२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दाङ प्रहरीले लागुऔषध र लेनदेनमा कैद सजाय तोकिएका फरार २ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

ABC (क्राईमबिट)
दाङ । लागुुऔषध मुुद्धामा अदालतबाट २ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका फरार घोराही उपमहानगरपालिका ३ बस्ने ४० बर्षिय टेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुुझाएको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनले दिएको जानकारी अनुसार प्रहरीलाई प्राप्त विशेष गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टाेलिले नेपालीलाई पक्राउ गरेर अदालत बुझाएको हो ।
दाङ देउखुरी जिल्ला अदालतले गएको बैशाख १५ गते लागुु औषध मुद्धामा नेपालीलाई २ बर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यती बेला नेपाली फरार रहेको र खोजी गर्दै जाँदा गाउँ क्षेत्रमै लुुकीछिपी बस्दै आएको पत्ता पाएपछि प्रहरीले पक्राउ गरेको उनले बताए ।
त्यस्तै लेनदेन मुुद्धामा पनि एक बर्ष कैद तोकिएका तर फरार रहेका अर्का एक जनालाई पनि दाङमा प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ३ घर भएका ५३ बर्षिय नैनबहादुुर कामीलाई लेनदेन मुुद्धामा अदालतले २०७६ साल असार ४ गते एक बर्ष कैद सजाय सुुनाएको थियो ।

तर उनि फरार रहेको र अहिले फेला परि नियन्त्रणमा लिएर आबस्यक कैद भुुक्तानका लागि अदालतमा बुुझाईएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

error: Content is protected !!