१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

काठमाडाैंमा विगत ७ वर्षदेखि गुणस्तरहीन मह उत्पादन विक्री गर्दै आएका १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ ०७, २०७८

ABC (क्राईमबिट)
काठमाडाैं । महानगरपालिका वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइ रहेको अवस्थामा पक्राउ गरिएकाे हाे ।

गुणस्तरहीन (डुब्लिकेट) मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन ७ हजार ६ सय किलाे तयारी तथा कच्चा मह समेत बरामद गरी कारवाहीका लागि महानगरीय प्रहरी परिसर, टेकुमा पठाइएकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

प्रहरीका अनुसार उनले बिगत ७ बर्ष श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएका थिए । नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनिकाे ब्राण्डमा मह विक्री गरेकाे पाइएकाे हाे ।

प्रहरीले प्राप्त सूचनाका आधारमा अप्रेसन हनी संचालन गरेकाे थियाे । स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा एचएमएफ र एफ जी रेसियाेको मात्रा नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको पाइएकाे हाे ।

श्रेष्ठले गुणस्तरहीन मह काठमाडाैं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको प्रहरीले जनाएकाे छ । मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरही मह बनाई प्रति किलाे ६ सय ५०मा बिक्री बितरण गर्दै आएको बुझिएको छ ।

उनले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत देखिदैन । मह बनाउनको लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको प्रहरीले खुलासा गरेकाे हाे ।

प्रहरीले श्रेष्ठबाट गुणस्तरहीन तयारी मह ६ सय किलाे, कच्चा तथा गुणस्तरहीन मह ६ हजार ५ किलाे, ग्लुकोज ५ सय किलाे, चिनी एक सय किलाे बरामद गरेकाे छ । त्यसैगरी वेट मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु ( स्टिकर ) र पेट जार करीब १ हजार पिस बरामद गरिएकाे छ । उपत्यका र देशका विभिन्न स्थानमा नक्कली एवं गुणस्तरहीन मह बिक्री बितरण भैरहेको पाईएकोले सहज रहने प्रहरीले अपिल गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

काठमाडौं । १. म सरकारकाे नेतृत्व गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे ‘सदस्य’ मात्र हुँ। पार्टीकाे सांगठनिक संरचनामा कतै पनि निर्णयाधिकारी हाेइन, सुझावकर्ता मात्र हुँ। २. अधिकांश मन्त्रीसँग मेराे सामान्य चिनजान बाहेक तपाईंहरूले साेचेकाे जस्ताे ‘घनिष्ठ’ सम्पर्क र सम्बन्ध छैन। त्यसैले तपाईंहरूकाे विविध चासाे र चिन्ता म श्रवण मात्र गर्न सक्छु। सम्बाेधन गर्न नसक्ने व्यहाेरा श्रवणकाे मात्रै […]

error: Content is protected !!