२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपालगन्जमा १ युवतीको अपहरण पछी बलात्कार २ जना युवाहरू पक्राउ

Logo
प्रकाशित शनिबार, माघ ०८, २०७८

ABC (क्राईमबिट)
बाँके । जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने किशोरीको अपहरणपछि बलात्कार भएको हो ।
किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसंग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पाँच जनाको संख्यामा आएका युवाहरुले किशोरीका केटा साथीहरुलाई कुटेर लखेटेपछि अपहरण गरेका थिए । एक जना युवाले किशोरीलाई मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेपछि पुनः घरमा ल्याएर बलात्कार गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।

अर्को एक जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न अन्य युवाहरुको खोजी गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]