१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

कोरोनाको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालयहरु बन्द

Logo
प्रकाशित शनिबार, माघ ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आइसियुमा रहेकाले सतर्कता बढाउनुपरेको अधिकारीको भनाइ छ ।

महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । “सवै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,” सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ को मृत्यु भएको छ । कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ५४० पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ । पाकिस्तानमा अहिले कोरोनाभाइरसको पाँचौँ चरणको महामारी सुरु भएको सरकारी अधिकारीले घोषणा गरेका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

error: Content is protected !!