२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

काठमाडौंमा पठाओ राइडरलाई अपहरण गरेर लुटपाट गर्ने २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर पठाओ राइडर प्रविन राईलाई लुटपाट गर्ने सुमन तामाङ र मिनराज राईलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।
ललितपुर प्रहरीको अनुसार सुमन र मिनराजले प्रविनका हाँतखुट्टा बाँधेर तथा मुखमा टेप बाँधेर बागमती प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल लुटेका थिए । त्यस्तै प्रविनको साथबाट आठ हजार नगद, मोबाइल, मोटरसाइकलको ब्लुबुक लुटेका थिए ।
गएराति १२ बजे सुमन कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथी मीनराजलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको प्रहरीको भनाइ छ । पक्राउ परेका सुमन र मिनराजबाट लुटिएका सामान बरामद गरी पीडित प्रविनलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!