१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

नेटवर्किङ व्यवसाय गर्नेलाई नेपाल राष्ट्र बैंकले कारबाही गरिने

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

(ABC-Sanchar)
काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ।

बैंकले आज एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो।

‘नेपालमा विदेशी विनियम वा मुद्राका रुपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा भर्चुअल करेन्सी तथा नेटवर्किङ लगायतका गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार गर्दा सर्र्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरू समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ’, बैंकले जारी गरेको सूचनामा भनिएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

रुपन्देही । बुटवलबाट बर्दघट तर्फ जाँदै गरेको चौधरी ट्रवल्सको लु 1 ख ८९४७ नम्बरको बसले सोहि दिसामा औधोगिक क्षेत्र भित्र कार्यालय जाँदै गरेको लु २१ प २१५७ नम्बरको मोटर्साईकल लाई ठक्कर दिदा मोटर साइकलमा सवार २ जना घाईते भएका छन । बस लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग जारी द्वन्द्व अन्त्य गर्ने संकेत दिएका छन् । उनले अमेरिका छिट्टै ईरानबाट आफ्ना सैनिक फिर्ता गर्ने प्रक्रियामा जाने बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना आगामी दुईदेखि तीन हप्ताभित्र ईरान छोड्ने तयारीमा छ । ट्रम्पले यो जानकारी ओभल अफिसबाट दिएका हुन् । उनले ईरानमा लक्ष्य पूरा भइसकेको दाबी […]

error: Content is protected !!