१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

बालिकालाई भारत बेच्न लग्ने १ युवक वीरगञ्जबाट पक्राउ बालिकाको उद्धार

Logo
प्रकाशित बुधबार, माघ १२, २०७८

ABC (क्राईमबिट)
पर्सा । भारत तर्फ बेचबिखनका लागि लगिरहेको अवस्थामा वीरगञ्जको शंकराचार्य गेट नजिकैबाट एकजना बालिकालाई उद्धार गरिएको छ ।

पर्सा प्रहरीले माइती नेपाल संस्थासँगको सहकार्यमा भारततर्फ बेचबिखनका लागि लागिरहेको अवस्थामा १४ वर्षीय बालिकाको उद्धार गरेको हो । बालिकालाई भारत तर्फ लगिरहेका पुरुषलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँची गइरहेको भनेर भारततर्फ लैजान खोजिरहेको अवस्थामा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई हाल चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका वडा नम्बर १ पोखरा बसपार्क बस्दै आएका २८ वर्षीय राजु अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालिकासँगै रहेका अधिकारीलाई वीरगञ्जस्थित नेपाल-भारत सीमामा रहेका माइती नेपालका सीमा पहरेदारहरूले सोमबार साँझ पौने ५ बजेको करिवमा रोएका थिए ।

पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार बैतडीको लिस्टी नगरपालिका वडा नम्बर २ की १५ वर्षीया बालिकालाई अधिकारीले अर्घाखाँची भनेर वीरगञ्जसम्म ल्याएका थिए । बालिका माघ ७ गतेदेखि हराइरहेकी थिइन् । बालिकाका अभिभावकले उनि हराईरहेको बारेमा प्रहरीलाईसमेत जानकारी गराएको डिएसपी खनालले बताए ।पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालका अनुसार विगत एक महिनादेखि अधिकारी बालिकासँग फोन मार्फत सम्पर्कमा थिए । फोन मार्फतनै प्रेम जालमा फसाई विवाह गर्छु भन्दै अधिकारीले बालिकालाई भेट्न बोलाएर विभिन्न स्थान हुँदै झुक्याएर वीरगञ्ज बसपार्कसम्म ल्याएका रहेछन् ।

बालिकालाई अधिकारीले पाँच मिनेटमा घर पुगिन्छ भनेर भारततर्फ लगिरहेको अवस्थामा माइती नेपालका पहरेदारहरुले रोकेर केरकार गर्दा शंकास्पद लागेपछि उनीहरुलाई आफ्नो नियन्त्रणमा राखेको डिएसपी खनालले बताए ।

प्रहरीले अधिकारीउपर मानव बेचबिखन मुद्दा चलाइए पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको डिएसप खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]