१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

बालिकालाई भारत बेच्न लग्ने १ युवक वीरगञ्जबाट पक्राउ बालिकाको उद्धार

Logo
प्रकाशित बुधबार, माघ १२, २०७८

ABC (क्राईमबिट)
पर्सा । भारत तर्फ बेचबिखनका लागि लगिरहेको अवस्थामा वीरगञ्जको शंकराचार्य गेट नजिकैबाट एकजना बालिकालाई उद्धार गरिएको छ ।

पर्सा प्रहरीले माइती नेपाल संस्थासँगको सहकार्यमा भारततर्फ बेचबिखनका लागि लागिरहेको अवस्थामा १४ वर्षीय बालिकाको उद्धार गरेको हो । बालिकालाई भारत तर्फ लगिरहेका पुरुषलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँची गइरहेको भनेर भारततर्फ लैजान खोजिरहेको अवस्थामा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई हाल चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका वडा नम्बर १ पोखरा बसपार्क बस्दै आएका २८ वर्षीय राजु अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालिकासँगै रहेका अधिकारीलाई वीरगञ्जस्थित नेपाल-भारत सीमामा रहेका माइती नेपालका सीमा पहरेदारहरूले सोमबार साँझ पौने ५ बजेको करिवमा रोएका थिए ।

पर्साका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार बैतडीको लिस्टी नगरपालिका वडा नम्बर २ की १५ वर्षीया बालिकालाई अधिकारीले अर्घाखाँची भनेर वीरगञ्जसम्म ल्याएका थिए । बालिका माघ ७ गतेदेखि हराइरहेकी थिइन् । बालिकाका अभिभावकले उनि हराईरहेको बारेमा प्रहरीलाईसमेत जानकारी गराएको डिएसपी खनालले बताए ।पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालका अनुसार विगत एक महिनादेखि अधिकारी बालिकासँग फोन मार्फत सम्पर्कमा थिए । फोन मार्फतनै प्रेम जालमा फसाई विवाह गर्छु भन्दै अधिकारीले बालिकालाई भेट्न बोलाएर विभिन्न स्थान हुँदै झुक्याएर वीरगञ्ज बसपार्कसम्म ल्याएका रहेछन् ।

बालिकालाई अधिकारीले पाँच मिनेटमा घर पुगिन्छ भनेर भारततर्फ लगिरहेको अवस्थामा माइती नेपालका पहरेदारहरुले रोकेर केरकार गर्दा शंकास्पद लागेपछि उनीहरुलाई आफ्नो नियन्त्रणमा राखेको डिएसपी खनालले बताए ।

प्रहरीले अधिकारीउपर मानव बेचबिखन मुद्दा चलाइए पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको डिएसप खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

error: Content is protected !!