२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेको राप्ती सोनारीमा कर्मचारीलाई कोरोना देखिए पछी गाउँपालिका बन्द

Logo
प्रकाशित बुधबार, माघ १२, २०७८

(ABC-Sanchar)
बाँके । कोरोना भाइरस संक्रमण फैलिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका कार्यालय बन्द भएको छ । गाउँपालिका र महालेखा परिक्षकको कार्यालयमा कार्यरत २४ जना कर्मचारीको कोभिड ‘एन्टिजिन’ परिक्षण गर्दा १२ जनालाई भाइरस संक्रमण पुष्टि भएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको पालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनका अनुसार बुधवारदेखि १५ गतेसम्म अत्यावश्यक सेवा बाहेक गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

कार्यालयको लेखा, योजना, प्राविधिक, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायत विभिन्न शाखामा कार्यरत कर्मचारी तथा महालेखा परिक्षकको कार्यालयबाट खटिएर आएका कर्मचारीलाई संक्रमण पुष्टी भएको हो ।

नेपालगञ्ज, कोहलपुर, खजुरालगायतका बजारीक्षेत्रमा तीब्र बनेको भाइरस पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि फैलिँदै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]