३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

बाँकेमा अत्याधिक हुस्सु र चिसोको कारण जनजीवन प्रभावित

Logo
प्रकाशित बिहिबार, माघ १३, २०७८

(महेन्द्र सिंह)
बाँके । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार नेपालगञ्जको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा झरेको छ ।

न्युनतम तापक्रम घट्दा चिसो बढी महसुस भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिए । घाम लागेपनि चिसो हावाका कारण तापक्रम घटेको उनको भनाइ छ ।

यद्धपि नेपालगञ्जमा दुई दिन अघि न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियसमा झरेको थियो । सन् २०१३ जनवरी १० मा नेपालगञ्जको तापक्रम ०.३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।
चिसोका कारण आम जनजिवन कष्टकर बनेको छ । खासगरी विपन्न तथा मजदुरहरु जाडो कसरी छल्ने भन्ने ठूलो समस्या छ । विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्यांग्रिन बाध्य छन् ।

यस्तो अवस्थामा तात्नु पर्ने जनताको सबैभन्दा नजिकको स्थानीय सरकार गुमनाम छ । बाँकेका सहयाक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले गरिब तथा निमुखालाई न्यानो उपलब्ध गराउन काम भइरहेको बताए ।

त्यसका लागि ६ सय कम्वल खरिद गरेर वितरण भइरहेको उनको भनाइ छ । जवकी विपद् व्यवस्थापन समितिले शीतलहरबाट २६ हजार ३६ परिवारका १ लाख ६६ हजार प्रभावित हुनसक्ने आकलन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरारोड र आसपासका तल्लो भेगका घर तथा पसलहरूमा पानी पसेको यातायात प्रभावित सडकमा पानीको सतह बढेपछि सवारी आवागमनमा समस्या स्थानीय बासिन्दालाई दैनिक कामकाजमा समस्या नेपाल प्रहरी र स्थानीय प्रशासनले स्थिति अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न र आवश्यक उद्धारका लागि तयारी अवस्थामा राखिएको छ। *सर्वसाधारणलाई अनुरोध:* – नदी तथा खोला […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]