ABC (क्राईमबिट)
काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा लेवनानमा तैनाथ हुन मेजर इन्द्रभक्त महर्जनको नेतृत्वमा श्री गोरख बक्स गण ६३ औं डफाको अन्तिम शान्ति सेना टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
२१४ जना नेपाली शान्ति सैनिकको टोली चार्टर फ्लाइटमार्फत बिहिबार मिसन ईलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाल तैनाथ श्री बर्द बहादुर गणको ६२ औं डफालाई बदली गर्न उक्त टोली त्यसतर्फ गएको हो ।
विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रही महत्त्वपूर्ण योगदान पुयाउँदै आइरहेको छ ।
कोभिड-१९ सङ्क्रमणको जोखिममा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको सेनाले जनाएको छ ।रासस