३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

लाखौंको चेक दिएर फरार भएका ब्यक्ति धमाधम सीआईबीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, माघ १३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका-८ बस्ने ४० वर्षीय लबराज ओलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनबाट २०७७ फागुन २३ गते बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) महाराजगंजबाट खटिएको प्रहरीले नुवाकोट शिवपुरी गाउँपालिका-६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको हो ।

ओलीले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी ज्योति विकास बैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड)मा रहेको खाताबाट भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]