ABC (क्राईमबिट)
बाँके । लागूऔषध कारोबारीहरुलाई बाँके ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी बाँकेको टोली र लागूऔषध नियन्त्रणमा व्युरोको टोलीले नेपालगन्ज १६ जयसपुर चोकबाट सोही स्थानका
२४ बर्षीय अस्फाक अन्सारीलाई १९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।
बाँके प्रहरी टोलीले गएराती पौने ९ बजे शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा अन्सारीको साथबाट १९ ग्राम ब्राउनसुगर फेला परेको बाँके प्रहरीले जनाएको छ ।