२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बाँके प्रहरीले लागूऔषध कारोबारी गर्नेलाई धमाधम पक्राउ गर्दै

Logo
प्रकाशित शुक्रबार, माघ १४, २०७८

 

ABC (क्राईमबिट)

बाँके । लागूऔषध कारोबारीहरुलाई बाँके ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी बाँकेको टोली र लागूऔषध नियन्त्रणमा व्युरोको टोलीले नेपालगन्ज १६ जयसपुर चोकबाट सोही स्थानका
२४ बर्षीय अस्फाक अन्सारीलाई १९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

बाँके प्रहरी टोलीले गएराती पौने ९ बजे शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा अन्सारीको साथबाट १९ ग्राम ब्राउनसुगर फेला परेको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।