
ABC (क्राईमबिट)
महोत्तरी । सशस्त्र प्रहरीले करिब १६० किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका-४ बस्ने गणेश चौधरी रहेका छन् ।
बिहिबार साँझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता वाहिनी र जलेश्वर बिओपीबाट खटिएको टोलीले खोजतलास गर्दा चौधरीले कुखुराको फर्म पछाडि परालभित्र लुकाई राखेको १६ पोका करिब १६० किलो गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।