२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

माघ महिनासम्म बिधालय बन्द गर्ने

Logo
प्रकाशित शुक्रबार, माघ १४, २०७८


(ABC-Sanchar)
काठमाडौं । कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसीसीले यस अघि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । पछिल्लो निर्णयअनुसार तोकिएको मिति सकिनुभन्दा एक दिन अगाडि शुक्रबार बसेको सीसीएमसीसीको बैठकले १५ दिन समय थप गर्दै माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सीसीएमसीसीले विद्यालयहरुलाई यस अवधिमा भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस मन्त्रिपरिषदलाई सिफारिस गरेको छ ।
सीसीएमसीसीको सिफारिस मन्त्रिपरिषदले अनुमोदान गरेसँग उक्त निर्णय कार्यान्वयन हुनेछ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!