२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कर्मचारीहरुलाई निकालेको बिरोधमा रेल्वे कम्पनीमा ताला बन्दी

Logo
प्रकाशित शुक्रबार, माघ १४, २०७८

ABC (क्राईमबिट)
जनकपुर । नेपाल रेल्वे कम्पनीले पुराना कर्मचारीलाई अनाहकमा निकालेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले तालाबन्दी गरेको छ । उनीहरुले शुक्रबार जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

दुई साता अघिदेखि आन्दोलनमा उत्रिएका पुराना कर्मचारीले बिहीबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । संघर्ष समितिमा आवद्ध दिलिप साहले विगत १५ दिनदेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएका बतााए ।

जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरिरहेको साहको गुनासो छ ।

महाप्रबन्धक झाले रेल संचालनका लागि पुस २७ मा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि विगतमा रेल सम्बन्धी तालिम लिएका कर्मचारीहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]