
ABC (क्राईमबिट)
दाङ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.-१२ टरिगाउँ बस्ने वर्ष २३ का नरेन्द्र परियार हुन्।
परियारले बर्दियाको बाँसगढी नगरपालिका वडा नं.-२ अच्छरियाका तीन घरबाट सुन र चाँदीका गरगहनासमहि नगद रु १ लाख २५ हजार चोरी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार चारी अरोपमा पक्राउ परेका परियारले माघ १० गते मंगलबार घरमा कोही नभएका समयमा घरभित्र पसी चोरी फरार भएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा बिहीबार दाङबाटै पक्राउ गरिएको एसपी कार्कीले बताए।
साथै बर्दिया प्रहरीले अन्य विभिन्न ठाउँमा चोरीमा संलग्न अन्य चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।