१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कंगोमा ५१ जना लडाकुलाई मृत्युदन्डको सजाय

Logo
प्रकाशित आइतबार, माघ १६, २०७८

(ABC-Sanchar)
काठमाडौं । किन्शासा प्रजातान्त्रिक गणतन्त्र कंगोमा दर्जनौं लडाकु सदस्यहरुलाई मृत्युदन्डको सजाय सुनाइएको छ । राष्ट्रसंघका दुई जना विज्ञहरुको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदन्डको सजाय सुनाएको हो ।

सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरु सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि भेटिएका सामूहिक चिहानबारे अनुसन्धानमा खटिएका थिए ।

सो क्रममा उनीहरुका अनुवादक वेट टिशिन्टेला पनि मारिएका थिए । अपहरणको १६ दिनपछि उनीहरुको शव भेटिएको थियो । उनीहरुमध्ये क्याटालनको शिर छेदन गरिएको थियो ।

सो घटनापछि राष्ट्रसंघ स्तब्ध बनेको थियो । न्याय सुनिश्चित गर्न राष्ट्रसंघले सम्भाव्य सबै कदम चाल्ने राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका थिए ।

सन् २०१७ मा कसाइमा भएको द्वन्द्वमा सयौं मानिसको मृत्यु भएको थियो । सन् २०१६ को अगस्टमा सनातन नेता कामविना सापुको हत्यापछि भड्किएको हिंसामा १० लाख भन्दाबढी मानिस विस्थापित भएका थिए ।

दर्जनौं प्रतिवादीहरुमध्ये अदालतले ५१ जनालाई मृत्युदन्ड सुनाएको हो । तर, कंगोले मृत्युदन्ड दिने सजाय यसअघि स्थगित गरेकोले लडाकुलाई सुनाइएको मृत्युदन्डको सजाय पनि जन्म कैदमा रुपान्तरण हुन सक्ने अनुमान गरिएको छ ।
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!