३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

देशलाई तानाशाहबाट अजाद गराएका वीर सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण:नेता चौरसिया

Logo
प्रकाशित आइतबार, माघ १६, २०७८


(ABC-Sanchar)
बिरगंज । नेपाली काँग्रेस पर्सा ले बिभिन्न कार्यक्रम गरी शहिद दिवस मनाएको छ ‌। शहिद दिवस को अवसरमा नारायणी अस्पतालका २२५ जना विरामी र कुरुवाहरूलाई फलफूल वितरण गरिएको थियो । साथै सो अवसरमा हृदय नारायणलाल दास, हदीश मिया मंसुरी, रघुनाथ पोखरेल, अलीजान मिया मंसुरी,वीर वहादुर कुर्मी, महम्मद सरीफलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति महम्मद शहाबुद्दीनले नारायणी अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अजय कुमार चौरसियाले शहीद थिर बम मल्लको शालिकमा माल्यार्पण गरि गत निर्वाचनमा आपसी द्वन्द्व र मतभेदको कारणले पर्सा जिल्लामा पार्टीले पराजय भोगेको भए तापनि अहिले पनि पर्सामा नेपाली काँग्रेस शासक पार्टी भएको चर्चा गरेका थिए ।

सोही अवसरमा जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमान्दार प्रयत्नहरु नै वास्तवमा शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले बताएका थिए।

केन्द्रीय सदस्य अजय कुमार चौरसियाले आसन्न निर्वाचनमा एक ढिक्का भएर पार्टी निर्वाचनमा होमिने बताउँदै शहीदहरूको अमर बलिदानीको कारण हामी अहिले गणतान्त्रिक परिवेशमा भएको बताए।

त्यस्तै घण्टाघरस्थित शहिदहरूको शालिकमा माल्यार्पण एवं दीप प्रज्वलन गरिएको साथै बाबा रामजनम तिवारीको शालिकमा सरसफाई गरि माल्यार्पण गरिएको नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता ले बताए ।
त्यसैगरी गण्डक स्थित शहिद तेज बहादुर आमात्यको शालिकमा पनि आज सरसफाई गरि माल्यार्पण गरिएको थियो ।

सो कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, नेपाली कांग्रेस पर्साका उप सभापति दिना गुप्ता, प्रकाश उपाध्याय, प्रदेश सभासद राजेश्वर साह तेली, जिल्ला सचिव श्याम पटेल, क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ता, नगर सभापति भोला कलवार,दिलिपराज कार्की,नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता,सुधीर पटेल,विबेक कलवार,मनोज कुमार साह,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायत ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरूको उल्लेखनिय उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!