२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

पर्सामा नेपाल प्रहरीका एक जवानको शव फेला

Logo
प्रकाशित आइतबार, माघ १६, २०७८

ABC (क्राईमबिट)
बिरगंज । ईलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी रहेका प्रहरी जवान रिपुकुमार गिरीको शनिवार राति शव फेला परेको हो । पर्साको पोखरिया नगरपालिका १ स्थित वनकटवाका प्रहरी जवान गिरी साथीको कोठामा मृत अवस्थामा फेला परेका हुन् । घर विदामा रहेको अवस्थामा गिरीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति पोखरिया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र गिरी अचेत अवस्थामा फेला परेका थिए । त्यसलगत्तै उपचारका लागि अस्पतालमा पुर्याइएका गिरीलाई चिकित्सकले मृत घोषित गरेको पर्सा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले बताएको छ । गिरीको शव फेला परेको घरमा बसिरहेका दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!