ABC (क्राईमबिट)
कंचनपुर । लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शंकरपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।