२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

नक्कली नोट र लागूऔषधसहित ३ जना छिन्छुबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १८, २०७८



ABC (क्राईमबिट)
सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चुले एक हजारका नौ वटा नेपाली नक्कली रुपैयाँ र लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का २६ आशिष बैगार, २१ वर्षीय विवेक विक र भेरीगंगा नगरपालिका–९ का २४ वर्षीय प्रमोद गुरुङ छन्।

‘नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ००२००१ ख ००६३ नम्वरको फोर्स गाडीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट नाइट्राभेट ८८५ ट्याब्लेट र एक हजारमा नौ थान नक्कली नेपाली रुपैयाँ बरामद गर्न सफल भयौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले भने, ‘पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय छिन्चुको हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!