२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

नक्कली नोट र लागूऔषधसहित ३ जना छिन्छुबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १८, २०७८


ABC (क्राईमबिट)
सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चुले एक हजारका नौ वटा नेपाली नक्कली रुपैयाँ र लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का २६ आशिष बैगार, २१ वर्षीय विवेक विक र भेरीगंगा नगरपालिका–९ का २४ वर्षीय प्रमोद गुरुङ छन्।

‘नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ००२००१ ख ००६३ नम्वरको फोर्स गाडीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट नाइट्राभेट ८८५ ट्याब्लेट र एक हजारमा नौ थान नक्कली नेपाली रुपैयाँ बरामद गर्न सफल भयौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले भने, ‘पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय छिन्चुको हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!