१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

बाँके प्रहरीले नरैनापुरबाट अवैध १२ क्विन्टल कुखुरासहित ट्रक पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ १८, २०७८

ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले करिव १२ क्विन्टल अवैध कुखुरा बरामद गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

नरैनापुरका विभिन्न खुलासीमा नाकाबाट भारतीय कुखुरा अवैधरुपमा नेपाल भित्रिने गरेको किसानहरु बताउँछन् ।

प्रतिबन्धित खुकृुरा तस्करहरुले रातको समयमा सहजरुपमा भित्र्याइरहेको स्थानीयहरुको गुनासो छ ।

स्थानीयहरुले खुलेआम कुखुरा तस्करी हुँदा पनि प्रहरी मौन बस्ने गरेको बताउछ्न ।
एकातिर यसले गुणस्तरहीन कुखुरा खान नेपाली बाध्य भएका छन् भने अर्को तर्फ स्थानीय किसानको उत्पादनमा ठूलो नोक्सानी पुर्याइरहेको छ ।

भारतीय कुखुरा सस्तोमा पाइने भएपछि व्यपारीहरुले त्यसकै माग गर्ने गरेका छन् । भारतमा एक सय पचास रुपैयाँ किलोमा कुखुरा पाइन्छ ।

तर नेपालको उत्पादन प्रतिकिलो दुई सय ४० देखि दुई सय ५० रुपैयाँसम्म पर्छ । त्यही भएर भारतीय कुखुरा तस्करहरुले सस्तो मूल्यमा विक्री गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!