१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

सशस्त्र प्रहरी बियोपी जमुनाहले लाखौं रुपैयाँको अवैध सामग्रीहरु धमाधम पक्राउ

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८


ABC (क्राईमबिट)
बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज १५ पिप्रहवा सीमा नाकाबाट डेढ क्विन्टल माछा तस्करीमा प्रयोग  भएको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल पक्राउ गरेको छ । पक्राउ गरिएको ३७ हजार ५ सय रुपैयाँ मूल्य बराबरको माछा क्वारेन्टाइन कार्यालय बुझाई नष्ट गरिएको र ५० हजार रुपैयाँ बराबरको भारतीय नम्बरको मोटरसाइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले नेपालगञ्ज १६ जयसपुर हुँदै भारतबाट लुकिछिपी ल्याउँदै गरिएका ६० हजार रुपैयाँ बराबरका व्याटी र ७० हजार रुपैयाँ बराबरको एउटा अटो रिक्सा बरामद गरेको छ । उता सशस्त्र प्रहरीले जानकी गाउँपालिका १ बाट डेढ क्विन्टल कुखुरा र कुखुरा तस्करीमा प्रयोग गरिएका ९ वटा साइकल समेत बरामद गरेको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ । साइकललाई नेपालगन्ज भन्सार कार्यालय बुझाइने प्रक्रियामा रहेको छ ।सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले भारतबाट ल्याइएका ५४ हजार रुपैयाँ बराबरका अवैध किराना सामग्री बरामद गरी नेपालगञ्ज भन्सार बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

error: Content is protected !!