२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मानव बेचबिखन मुद्दाका १ जना फरार आरोपी २० वर्षपछि पक्राउ

Logo
प्रकाशित बुधबार, माघ १९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । विसं २०५८ माघ ११ गते प्रलोभनमा पारी एक महिलालाई बहराइनमा बिक्री गर्ने कार्यमा संलग्न खोटाङ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने चन्द्रदीप राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले महिलालाई अस्पतालमा बिरामीको स्याहारसुसार गर्ने काममा पठाइदिने भनी प्रलोभनमा पारी बहराइन पठाएर बिक्री गरेको खुल्न आएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विज्ञप्तिमार्फत जनाएको छ ।

ब्यूरोका अनुसार पीडित महिलासँग ५० हजार लिई २०५८ मा बहराइन पठाएकामा त्यहाँस्थित हुब्बेल म्यानपावर एजेन्सीका प्रतिनिधिले बहराइनकी महिलाबाट ५०० दिनार लिई राहदानी जफत गरी घरायसी कामका लागि बिक्री गरेको खुल्न आएको छ ।

घरायसी काममा लगाउन खोज्दा नमानेपछि महिलाले यातनासमेत पाएको जाहेरीलाई उद्धृत गर्दै ब्यूरोले जनाएको छ । केही समयपछि महिलालाई पुनः अर्को घरमा ५०० दिराम लिएर बिक्री गरेको पीडित महिलाले बताएकी छिन् ।

सोही क्रममा एक विदेशी नागरिकको सहयोगमा नेपालमा जानकारी प्राप्त भएपछि उनको परिवार र साउदी अरवस्थित नेपाली राजदुतावासको सहयोगमा प्रहरीले २०५९ साउन ५ गते उनलाई नेपाल फर्काउन सफल भएको थियो ।

उक्त मुद्दामा फरार राईलाई ब्यूरोले पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात् काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा सोमबारको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको ब्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]