२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित १ जना घोराहीबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

ABC (क्राईमबिट)
दाङ । घोराही उपमहानगरपालिका १२ हापुर बस्ने २६ वर्षीय दिपेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दिउँसो करिब सवा २ बजेतिर घोराही उपमहानगरपालिका १७ गुलरिया पार्क नजिकबाट ३४ पुडिया लागू औषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार लागू औषधको ओसार पसार तथा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोलीले उक्त स्थानमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा खड्कालाई नियन्त्रणमा लिई खानतलासी गर्दा ३४ पुडिया ब्राउन सुगर फेला परेको हो । उक्त लागू औषध तौल गर्दा १ ग्राम ३८० मिलिग्राम भएको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]