२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

निजामती कर्मचारीद्वारा दुर्ववहार गर्नेलाई कार्वाही गर्न माग गर्दै जिल्ला प्रशासन पर्सामा २ धर्ना

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८


(ABC-Sanchar)
बिरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साले कर्मचारीलाई दुव्र्यवहार गर्नेहरुलाई कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा प्रर्दशन गरेका छन ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेलालाई गत माघ १३ गते वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मी र उनी निकटका ठेकेदारले कार्यकक्षमै दुव्र्यवहार गरेका थिए ।

दुव्र्यवहार गर्नेहरुलाई कारबाहीको माँग गर्दै गत सोमबार निजामती कर्मचारी संगठन पर्साले प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई २४ घण्टे अल्टिमेटम सहितको ज्ञापनपत्र पनि बुझाएको थियो। तर ज्ञापनपत्रबारे कुनै सुनुवाइ नभएको भन्दै बिहीबार निजामति कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा दुई घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

कर्मचारीलाई दुव्र्यवहार गर्नेहरुलाई कारबाही गर्न माँग राखेर ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएकाले धर्ना दिँदै प्रदर्शन गर्नु परेको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए ।

यदि दोषीलाई बिहीबार पनि कारबाही गरिएन भने शुक्रबार फेरि जिल्ला प्रशासन कार्यालयमै धर्ना दिइने नेपाल निजामति कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीले बताए ।

कर्मचारीको सुरक्षाको ग्यारेन्टी स्थानीय प्रशासनले गर्नुपर्ने अन्यथा जिल्लाभरका पालिकाका कर्मचारीहरु कामकाज नै ठप्प पारेर अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।

गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने विधुतीय मोटर आफूले भनेको ठेकेदार मार्फत खरिद नगरेको आक्रोशमा वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन कुर्मी सहितको समूहले माघ १३ गते योजना शाखा प्रमुख पटेललाई उनकै कार्यकक्षमा गाली गलौज र लछारपछार गर्दै दुव्र्यवहार गरेका थिए ।

कर्मचारीका अनुसार, वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मनले एकजना ठेकेदारसँग कमिसन लिएर उनलाई नै मोटर खरिदका लागि जिम्मा दिने डिल गरेका थिए । तर ती ठेकदारको सप्लार्यस मार्फत गाउँपालिकाले मोटर खरिद नगरेपछि धर्मन सहितको समूहले माघ १३ गते गाउँपालिकाको योजना शाखा प्रमुख पटेल कै कार्यकक्षमा उनलाई २ घण्टासम्म थुनी कोठा बाहिर समेत निस्कन नदिइ बेइज्जत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!