३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

निजामती कर्मचारीद्वारा दुर्ववहार गर्नेलाई कार्वाही गर्न माग गर्दै जिल्ला प्रशासन पर्सामा २ धर्ना

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८


(ABC-Sanchar)
बिरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साले कर्मचारीलाई दुव्र्यवहार गर्नेहरुलाई कारवाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा प्रर्दशन गरेका छन ।

उनीहरुले जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । धोबिनी गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेलालाई गत माघ १३ गते वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मी र उनी निकटका ठेकेदारले कार्यकक्षमै दुव्र्यवहार गरेका थिए ।

दुव्र्यवहार गर्नेहरुलाई कारबाहीको माँग गर्दै गत सोमबार निजामती कर्मचारी संगठन पर्साले प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई २४ घण्टे अल्टिमेटम सहितको ज्ञापनपत्र पनि बुझाएको थियो। तर ज्ञापनपत्रबारे कुनै सुनुवाइ नभएको भन्दै बिहीबार निजामति कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा दुई घण्टा धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

कर्मचारीलाई दुव्र्यवहार गर्नेहरुलाई कारबाही गर्न माँग राखेर ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएकाले धर्ना दिँदै प्रदर्शन गर्नु परेको धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए ।

यदि दोषीलाई बिहीबार पनि कारबाही गरिएन भने शुक्रबार फेरि जिल्ला प्रशासन कार्यालयमै धर्ना दिइने नेपाल निजामति कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीले बताए ।

कर्मचारीको सुरक्षाको ग्यारेन्टी स्थानीय प्रशासनले गर्नुपर्ने अन्यथा जिल्लाभरका पालिकाका कर्मचारीहरु कामकाज नै ठप्प पारेर अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।

गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने विधुतीय मोटर आफूले भनेको ठेकेदार मार्फत खरिद नगरेको आक्रोशमा वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन कुर्मी सहितको समूहले माघ १३ गते योजना शाखा प्रमुख पटेललाई उनकै कार्यकक्षमा गाली गलौज र लछारपछार गर्दै दुव्र्यवहार गरेका थिए ।

कर्मचारीका अनुसार, वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मनले एकजना ठेकेदारसँग कमिसन लिएर उनलाई नै मोटर खरिदका लागि जिम्मा दिने डिल गरेका थिए । तर ती ठेकदारको सप्लार्यस मार्फत गाउँपालिकाले मोटर खरिद नगरेपछि धर्मन सहितको समूहले माघ १३ गते गाउँपालिकाको योजना शाखा प्रमुख पटेल कै कार्यकक्षमा उनलाई २ घण्टासम्म थुनी कोठा बाहिर समेत निस्कन नदिइ बेइज्जत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]