२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

भ्रष्टाचार लुकाउन जनप्रतिनिधिउपर अभद्र ब्यवहार सिसिटिभी फुटेज गायब

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८


(ABC-Sanchar)
बिरगंज । पर्साको धोबिनी गाउँपालिकाका सम्बन्धमा चर्चामा रहेका विषयहरुका बारेमा पालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले गम्भीर खुलासा गरेका छन् । ‘राजनीतिक दुराग्रहले प्रेरित भइ गाउँपालिकाको काम कारवाही पछिल्लो समयमा अनिर्णयको बन्दी बनाएर पालिकावासीको बिकास तथा सेवा प्राप्तिको अधिकारलाई हनन गर्ने काम भइरहेको विदितै छ,’ शुक्रवार उनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘धोबिनी गाउँपालिकाको कार्यपालिका सदस्य वडा नम्बर एक घर भएकी श्रीमति शान्ति देवीले पेश गरेको योजना अनुसार पाँच लाख रुपैयाको सामग्री (विद्युतीय मोटर) किसानलाई बितरण गर्नुपर्ने चालु आर्थिक वर्षको कार्यक्रममा रहेको थियो । पालिकाको नीति अनुरुप सार्वजनिक खरिद ऐनको पालना गर्दै प्रतिस्पर्धाबाट सो सामान खरिद गर्नुपर्ने जनप्रतिनिधिको आग्रहको बेवास्ता गर्दै, प्रमुख प्रसाशकीय अधिकृत राजुप्रसाद साहले कमिशनका लागि बिना प्रतिस्पर्धा वीरगन्जमैं बसेर मोटर खरिद गरेपछि जनप्रतिनिधिहरु स्वभाविक रुपमा आक्रोशित भएकै हुन ।’
प्रमुख प्रसाशकीय अधिकृत साहले आफ्नो मित पर्ने पोखरियाका राजु गिरीलाई सो खरिद आदेश दिएको खुलेको छ । यस मामिलामा जनप्रतिनिधिहरुको आक्रोश शान्त पार्न हाम्रो पहल भइरहेकै बेला प्रशासकीय अधिकृत साहले कार्यपालिका सदस्य शान्तिदेवीको राजनीतिक पतिस्पर्धीसंग सो सामग्री आफुखुसी बितरण गर्न लगाएको । र, यसले राष्ट्रसेवक कर्मचारी आफ्नो पेशागत धर्मबिपरित प्रत्यक्ष रुपमा राजनीति गरेको प्रमाणित हुन गएको गाउँपालिका प्रमुख कुर्मीको आरोप छ ।
उक्त प्रकरणमा कार्यपालिका सदस्य शान्तिदेवी गाउँपालिका कार्यालयमा माघ १२ गते जानकारी लिन जाँदा योजना शाखाको कर्मचारी पप्पु पटेलले प्रसशाकीय अधिकृत साहको आदेशमा उनलाई अभद्र ब्यवहार गरेको गाउँपालिका प्रमुख कुर्मीले बताए । उनका अनुसार भोलिपल्ट १३ गतेका दिन कार्यपालिका सदस्य शान्तिदेवी भद्रभलादमीहरु तथा आफ्ना श्रीमान धरमन राउत कुर्मीलाई समेत लिएर सो सम्बन्धमा बुझन जाँदा योजना शाखाको कर्मचारी पटेलले प्रसशाकीय अधिकृत साहको पक्षधरता गर्दै, पुनः अभद्र ब्यवहार गर्न लाग्दा शान्तिदेवीका श्रीमान (जेष्ठ नागरिक) धरमन राउत कुर्मीले अवस्था शान्त पार्न खोज्दा उनी उपरसमेत जाइलागेका थिए ।
सबै दृष्य कार्यालयको सिसिटिभी क्यामरामा कैद भए पनि पटेलले प्रशासकीय अधिकृत साहको इशारामा त्यसको फुटेज नष्ट पार्ने कामसमेत गरेको र भिडियो फुटेज नष्ट पार्नुपछाडि, उल्टै आरोप लगाएर भ्रष्टाचारको विषयलाई मत्थर पार्ने ध्येय देखिन्छ भन्ने बिज्ञप्तिमा भनिएको छ । यस सन्दर्भमा भएको भ्रष्टाचारको छानवीन गर्न र जनप्रतिनिधि लगायतलाई दुब्यवहार गर्नेउपर आवश्यक कारवाही गर्न शुक्रवार धोबिनी गाउँपालिकाका जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालयमा जाहेरी समेत दिन लागेको बताइएको छ । प्रमुख प्रसाशकीय अधिकृत साह नियमति गाउँपालिका कार्यालयमा नआउने गरेको, समस्त फर्जी कार्यहरु वीरगन्जमैं बसेर गर्ने गरेको र वीरगन्जको आफुनो कोठाबाट छाया कार्यालय नै संचालन गरेको जनप्रतिनिधि बताउछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!