२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

सल्यान र सुर्खेतमा चट्याङबाट २ महिला मृत्यु दाङमा चट्याङबाट २ राँगा मृत्यु

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८

ABC (क्राईमबिट)
दाङ । सल्यानको जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ की ४० बर्षीया रामकली कामीको बिहीबार बेलुका घरमै चट्याङले लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घरकै भान्सा कोठामा आगो बालेर बसी रहेकी कामीको चट्याङले परेपपछि मृत्यु भएको हो ।
घटनास्थलतर्फ प्रहरी शुक्रबार बिहान मात्रै पुग्दै छ । घटनाको थप बिवरण प्रहरी पुगेपछि मात्रै प्राप्त हुने प्रहरीले जनाएको छ ।त्यस्तै सुर्खेतमा पनि चट्याङबाट एक महिलाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका वडा नं. ११ साँदीखोलाकी ३५ बर्षीया नोकीशरा खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

यता दाङ घोराहीको शर्रामा चट्याङ लागेर एक जना किसानले पालेका दुई वटा राँगा मरेका छन् ।बिहीबार राति ९ बजेतिर राँगा बाँधेको गोठमा चट्याङ परेपछि दूई राँगा मरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!