०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

२ दिनदेखि परिरहेको वर्षाको कारण बाँके र बर्दियाको ईटा भट्टामा करोडौँकोे क्षति

Logo
प्रकाशित शुक्रबार, माघ २१, २०७८


(महेन्द्र सिंह)
बाँके । दुई दिनदेखि भइरहेको वर्षाले बाँके र बर्दियाका ईटा भट्टामा करोडौँकोे क्षति भएको छ । मौसम लाई मध्यनजर गरी ईटा पार्दा करोडौँको क्षति ब्यहोर्नु परेको हो । बाँकेमा मात्रै दुई ३० ओटा ईटा भट्टा रहेका छन् भने बर्दियामा पनि २४ ओटाबढी भट्टा रहेका छन् ।

पानीका कारण लखौ लाख ईटा गलेको बर्दिया को भादा इटा उद्योग को संचालक व्यवसायी जाबेद गद्दीले बताए । धेरै ईटा बनाई सकेका व्यवसायीले पानीबाट जोगाउन सकेनन् । ईटामा क्षति पुगेपछि यो वर्ष पाकेको ईटाको मुल्य बढ्ने अनुमान गरिएको छ ।
त्यस्तै बर्षाका कारण किसानहरुको हिउँदे बालीमा पनि क्षति भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]